भागरथीको भजाइनल स्वाबमा भेटिएको डिएनए र अभियुक्तको डिएनएसँग मिल्यो

चैत्र १२, काठमाडौँ- बैतडीकी १७ वर्षीया भागरथी भट्ट हत्या प्रकरणका मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए र अभियुक्त दिनेश भट्टको डीएनए सँग मिलेको छ । केन्द्रीय प्रहरी  विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो ।

जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो ।

घटनाका अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनएसँग म्याच भएको छ।उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए । भने सुधार गृहमा रहेका वेला उनले आफू घटनामा संलग्न नरहेको बयान दिएको विवरण सार्वजनिक भएको थियो ।

भागरथी २२ माघमा घरबाट विद्यालय गएकी थिइन् । २३ माघमा उनको शव लवलेक जंगलमा भेटिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया