माधव नेपाल समूहले बोलायो केन्द्रीय समितिको बैठक

चैत्र १२, काठमाडौँ- पार्टीमा देखिएको विवाद र नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भोलि शुक्रबार केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठक कलंकीस्थित एक पार्टी प्यालेसमा भोलि बिहान ११ बजे बस्ने बताइएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र संसदीय दलको विधान विपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए।

यसै अनुसार नेता नेपालले ओलीले मागे बमोजिमको स्पष्टिकरण पनि तयार पारेका छन्।

 

तपाईको प्रतिक्रिया