ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुँदै

चैत्र १२, काठमाडौँ- ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) चैत्र १३ गते शुक्रबार बाँडफाँड हुने भएकाे छ ।

फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर केहि ढिला गरी बाँडफाँड हुने भएको छ ।आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड तोकिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले उक्त आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ । भाग्यमानी  ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् । यता बाँकी धेरै आवेदककाे भने हात खालि हुनेछ ।

 

तपाईको प्रतिक्रिया