मंगलबार १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ सय ८८ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट१ सय ८८ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७६ हजार २ सय ४४ जना पुगेका छन्  भने ३ हजार १९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ७७ जना घर फर्किएका छन् भने मंगलबार सम्ममा कुल २ लाख  ७२ हजार ९७ जना निको भएर घर फर्केका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या १ हजार १ सय २८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया