सिफल खेलकूद प्रतिष्ठान ( क्लब) ले प्रशिक्षार्थीलाई बल्याक र यलो बेल्ट प्रदान गर्ने

काठमाडौं– सिफल खेलकूद प्रतिष्ठान ( क्लब) ले आफ्ना १६ प्रशिक्षार्थीलाई बल्याक र १२ प्रशिक्षार्थीलाई यलो बेल्ट प्रदान गर्ने भएको छ । अगामी शनिबार खेलकूद प्रतिष्ठान र भूमन्यु द जुनियर क्लब मन्टेश्वरीको संयुक्त आयोजनामा बेल्ट हस्तान्तरण गर्न लागिएको हो ।

पूजा राजभण्डारी बैद्यको प्रमुख आथित्यमा हुन लागेको कार्यक्रममा दीपेश थापा, साजन श्रेष्ठ, कृष्ण तमाङ, दीप राजबहाक, यूभन महर्जन, युभिन महर्जन,  सुभमनाथ चापागाईँ, सुदिप हुमागाईँ, कमली पाहारी, कविता पाहारी, दिवान्सी न्यौपाने, श्रीयुक्त अधिकारी, प्रतिक कुँवर, मनिस्का श्रेष्ठ, मोहिता भण्डारी र सायल तमाङलाई बल्याक बेल्ट प्रदान गर्न लागिएको हो ।

त्यस्तै, आयुषी दत्त, भनि शर्मा, बर्षा श्रेष्ठ, अक्षत अर्याल, आरविन तण्डुकार, आरब दत्त, जेनिसा खत्रि, सबि मैनाली, आदर्श श्रेष्ठ, विजया बैद्य, निभय राजभण्डारी र सामिन घलेलाई यलो बेल्ट प्रदान गरिने प्रतिष्ठान ( क्लब ) का अध्यक्ष शिला खड्गीले नेपाल परिक्रमालाई जानकारी दिनुभयो ।

गतसाल नै बल्याक बेल्ट प्रदान गर्ने कार्यक्रम भएपनि कोरोना महामारी र लकडाउनका कारण कार्यक्रम हुन सकेको थिएन । सिफल खेलकूद प्रतिष्ठान ( क्लब) ले विभिन्न विद्यामा विद्यालय र कलेज स्तरमा कराते प्रशिक्षण गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया