चैत्र ७, काठमाडौँ- बालुवाटारमा जारी नेकपा एमालेको संसदीय दलको बैठक नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन् ।
यसअघि गौतम ओली वा नेपाल- खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन्। गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।