ब्राजिलका स्वास्थ्य अधिकारीद्वारा सरकारलाई लकडाउन गर्न सुझाव

चिन्पा स्यान्ग्मा लामा

काठमाडौँ- ब्राजिलमा कोरोना भाइरसको संक्रमण तथा संक्रमणका कारण मृत्यु लगातार बढ्दै गएका बेला स्वास्थ्य अधिकारीद्वारा नयाँ स्वाथ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन लगाउने बारे सोच्न सुझाव दिएका छन् ।

ब्राजिलको सर्वाधिक जनघनत्व भएको राज्य साओ पाउलोका कोरोना संक्रमण बढिरहेकोले स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार ब्राजिलमा कोरोना भाइरसका कारण २८ सय ४१ जनाको ज्यान गएको सरकारी तथ्यांकले जनाएको छ । अहिले सम्म २ लाख ८२ हजार ४ सयको ज्यान गईसकेको छ । १ करोड १६ लाख भन्दा बढी जनामा संक्रमण पुष्टी भैसकेको छ।

ब्राजिलमा विश्वमै अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति कोरोनाका कारण संक्रमित र मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया