तोकिएभन्दा बढी भार बोकी सडकमा गुड्ने सवारी साधनलाई चैत १५ देखि कारवाही गरिने

चिन्पा स्यान्ग्मा लामा

काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोकी गुड्ने सवारी साधनलाई चैत्र १५ गते देखि कारवाहीको दायरामा ल्याउने बताएको छ।

माल बाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ ले  सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आइएकोले विभागले जनाएको छ।

चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी स्वयं नै हुने र नियमानुसार जरिवाना गरिने  विभागले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया