उमेश खनाल
२०७७ चैत्र १, काठमाडौँ, स्थानीय बजारमा आज सुन तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार भएको छ ।
फागुन २८ गते शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।