शिक्षण अस्पतालमा ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण

दीपा थापा

१ चैत, काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ । शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा. डा. रमेश सिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पतालका चिकित्सकहरुले शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका थिए ।

त्रिवि शिक्षण अस्पतालमा भएको यो पाँचौं कलेजो प्रत्यारोपण हो । यो सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण हो । डाक्टर भण्डारी र उनको टिमले २०७६ जेठमा त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो।
कोरोना भाइरसको संक्रमणको जोखिमका कारण रोकिएको कलेजो प्रत्यारोपण पुनः सुरू भएको छ।

तपाईको प्रतिक्रिया