श्रीलंकाले बुर्कामा प्रतिबन्ध लगाउने

केशर आले मगर

२०७७ चैत्र १,एजेन्सी- अल्पसंख्यक मुस्लिम जनसंख्यालाई असर गरिरहेको भनेर श्रीलंकाको सरकारले बुर्का लगाउन प्रतिबन्ध र १,००० भन्दा बढी इस्लामिक स्कूलहरू बन्द गर्ने निर्णय गरेको छ। बुर्का महिलाहरुको टाउको, हत्केलादेखि लिएर खुट्टाको बुढी औँलासम्म पुरै शरीर ढाक्ने कालो, सेतो खुकुलो कपडा हो।


‘बुर्काले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पार्छ,’ मन्त्री वीरासेकाराले शनिबार एउटा कार्यक्रममा भने,‘पहिला हाम्रा धेरै मुस्लिम साथीहरू थिए तर मुस्लिम महिलाहरूले कहिल्यै बुर्का लगाउँदैनथे। अहिले धार्मिक अतिवादको रूपमा यस्तो चलन आएको हो। हामी यसलाई बन्द गर्छौं नै।’

यस बर्ष संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय अधिकार समूहहरूको आलोचना पछि यो प्रतिबन्ध हटाइएको थियो।

तपाईको प्रतिक्रिया