नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

केशर आले मगर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापासहित २३ नेतालाई शुक्रबार केन्द्रीय सदस्य मनोनित गरेका थिए । एमाले केन्द्रीय सदस्यमा मनोनित भएका ती नेताहरूलाई दल त्याग गरेका हुन् वा होइनन् स्पष्ट पार्न स्पष्टिकरण सोध्ने सम्भावना रहेको छ।

शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो।

 

तपाईको प्रतिक्रिया