प्रधानमन्त्रीलाइ भेट्न जसपाका शिर्ष नेता ५ बजे बालुवाटार जाने

केशर आले मगर

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपाका)का शीर्ष नेताहरु आज साँझ ५ बजे बालुवाटार जाने भएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका नेताहरु बालुवाटार जानेछन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता समीकरणको खेल सुरु भएको छ ।प्रधानमन्त्री ओलीले अहिले त्यसै विषयमा जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया