प्रविना खतिवडा
काठमाडौं– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ९७ जना कोरोना संक्रमित थपिएका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानेको छ ।
नेपालमा आज कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ रहेको छ ।
आज ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार १ सय १६ पुगेको छ ।
९ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।