सविना देवकोटा
काठमाडौँ, राष्ट्रिय सभा सांसद रहेकी कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरूद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेकी छन् ।
केही दिन पहिले एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रियसभा सदस्य बनाएको टिप्पणी गरेका थिए।
उजुरीमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २ गाली बेइज्जती सम्बन्धी कसुरको दफा ३०५ को उपदफा १ र २ र ३०६ को उपदफा १ र २ अनुसार कसुर गरेको भन्दै हदैसम्मको कारबाही माग गरिएको छ।