एसईई परीक्षा जेठ १३ गते देखि सुरु हुने

सविना देवकोटा

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने भएको छ ।

यस बर्षको एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

विद्यार्थी भौतिक रूपमा उपस्थित भएर नै परीक्षा हुनेछ। गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो।

तपाईको प्रतिक्रिया