संगीता धमला
काठमाडौँ , केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो।
ओलीलाई नै समर्थन गर्ने कि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।