भागरथी हत्या प्रकरणका आरोपित व्यक्ति सार्वजनिक

संगीता धमला

काठमाडौँ,  बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टका हत्या आरोपित  व्यक्ति दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको छ।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको हो । दिनेश भट्ट भागरथी पढ्ने बिद्यालय  सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत युवक हुन् । गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा भेटिएको थियो।

पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन्। भट्टले भागरथीको हत्या गरेको  स्वीकार गरेको प्रहरीको भनाइ छ।

 

 

तपाईको प्रतिक्रिया