प्रधानमन्त्री ओलीलाई इजलासमा उपस्थिति भई लिखित जवाफ पेश गर्न माग

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीलाई ईजलासमा उपस्थिति भई लिखित जवाफ पेश गर्न कानून व्यवसायीहरुले माग गरेका छन् ।

प्रतिनिधिसभा बिघटन बिरुद्दको विचाराधीन मुद्दामा कानून व्यवसायीलाई प्रधानमन्त्री ओलीले जथाभावी बोलेको र कानून व्यवसायीमाथि व्यक्तिगत टिप्पणी गरेको विषयमा प्रधानमन्त्री ओली विरुद्द अवहेलनाको मुद्दामा निवेदन दर्ता गरिएको थियो ।

उक्त रिटमा कानून व्यवसायीहरुले बहस गर्दै  प्रधानमन्त्री ओलीलाई तीन दिनभित्र इजलाशमा उपस्थिति गराई  लिखित जवाफ पेश गराउन माग गरेका छन् ।

Published On:  157पटक हेरिएको

तपाईको प्रतिक्रिया