भ्रष्टाचार सूचकाङ्क २०२० सार्वजनिक, नेपाल ११७ स्थानमा

काठमाडौँ, ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार सूचकाङ्क २०२० सार्वजनिक गरेको छ ।

बिभिन्न १ सय ८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापनमा नेपाल १ सय १७ औ स्थानमा आएको छ ।  नेपालले एक सयमा ३३ अंक प्राप्त गरेको छ । जसमध्ये  डेनमार्क र न्युजील्याण्डले कुल एक सयमा ८८ अंक प्राप्त गरी सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् ।भने साउथ सुडान र सोमालिया १२ अंक प्राप्त गरी सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सुचिकृत भएका छन् ।

गतवर्ष यस सूचीमा नेपालको अंक ३४ सहित १ सय १३ औं स्थानमा रहेको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २००४ देखि सूचकाङ्कमा समावेस गर्दै आएको छ ।

Published On:  198पटक हेरिएको

तपाईको प्रतिक्रिया