काठमाडौँ उपत्यकामा १ सय ४५ सहित २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर २ सय ८३ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप ३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ९ सय ८२ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट २ सय ८३ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख ७० हजार ३ सय ७५ जना पुगेका छन्  भने २ हजार २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट निको भएर २ सय ४  जना घर फर्किएका छन् भने मंगलबार सम्ममा कुल २ लाख  ६५ हजार ६९ जना निको भएर घर फर्केका छन् ।हाल नेपालमा ३ हजार २ सय ८६ जनामा सक्रिय सङ्क्रमण रहेको छ।

 

तपाईको प्रतिक्रिया