नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को आइपिओ शुक्रबार बाँडफाँड हुने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को शेयर (आइपिओ) आगामी शुक्रबार बाँडफाँड हुने भएको छ ।

शेयर निष्कासन तथा बिक्रि प्रवन्धक एनआबिएलएस क्यापिटलले शुक्रबारसम्म बाँडफाँड हुने तयारी थालेको छ ।

यहि माघ २ गते देखि ६ गते सम्म प्राथमिक शेयरमा आवेदन दिन अनुरोध गरेको बैंकको आइपिओमा कुल १५ लाख ५० हजारले १८ करोड ३४ लाख कित्ता सेयर माग्दै आवेदन दिएका थिए।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

तपाईको प्रतिक्रिया