सर्वोच्चमा प्रधानमन्त्री बिरुद्ध अवहेलनाको मुद्दा दर्ता

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी दुई वटा मुद्दा दर्ता भएका छन्।

अधिवक्ताहरु द्वय डा. कुमार शर्मा आचार्य र कन्चन कृष्ण न्यौपानेले प्रतिनिधि सभा बिघटन बिषयमा परेका रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री ओलीले जथाभावी बोलेको र कानून व्यवसायी माथि व्यक्तिगत टिप्पणी गरेको आरोप लगाई निवेदन पेश गरेका छन्।

प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा भएको पार्टीको कार्यकर्ता भेलामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा अशिष्ट र अमर्यादित शब्दको प्रयोग गरेको उनीहरुको जिकिर छ । कार्यक्रममा प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए ।

निवेदकले प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै न्याय परिषद् ऐन २०७३ को दफा १७ बमोजिम हदैसम्मको सजाय माग गरेका छन् ।

तपाईको प्रतिक्रिया