होमस्टेमा कोरोना प्रभाव बारे छलफल

बाग्लुङ– होमस्टे एशोसिएसन नेपाल गण्डकी प्रदेशको आयोजना तथा उद्योग, प्रदेशको पर्यटन बन तथा वाताबरण मन्त्रालय र बाग्लुङ्ग उद्योग बाणिज्य संघको आर्थिक सहयोगमा बागलुङ्गमा होमस्टेमा कोरोनाको प्रभावबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

गण्डकी प्रदेश भ्रमण बर्षका संयोजक एंब होसानका सल्लाहकार जुद्ध बहादुर गुरुङ्गको प्रमुख आथित्यतामा भएको कार्यक्रममा मन्त्रालयका पर्यटन महाशाखाका प्रमुख डिल्लीराम रिजाल, होसान केन्द्रीय महासचिव प्रेमशंकर मर्दनिया थारू, होसान केन्द्रीय सदस्य उर्मिला गुरुङ र होसान जिल्ला कमिटी बाग्लुङ्गका अध्यक्ष खेम बहादुर थापा मगरले महामारीबाट थलिएको होमस्टे व्यवसायलाई पुन चलायमान बनाउन सरकारले नै विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।

पर्यटन माहाशाखा प्रमुख रिजालले होमस्टेमा गरिएको लगानी खेर जान नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । छलपलमा गण्डकी प्रदेशका १० जिल्लाका होसान जिल्ला अध्यक्ष पनि सहभागी थिए ।

तपाईको प्रतिक्रिया