ओलीको कदम विरूद्धमा तीनै दल एक ठाउँमा

काठमाडौं– संसदमा प्रतिनिधित्व गर्ने तीन दलले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम विरूद्ध एक ठाउँमा उभिने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संसद विघटनको प्रतिवादमा उत्रिन एक भएका हुन् ।

सत्ताधारी दल नेकपाकै पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ देव गुरुङ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल सहभागी थिए । त्यस्तै, जसपाका तर्फबाट पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।

तपाईको प्रतिक्रिया