होमस्टे संचालकहरू संगठित हुँदै

तनहुँ,  बन्दीपूर -४ विमल नगरको विमल नगर सामुदायिक होमस्टेमा लमजुङका होमस्टे संचालकहरूको भेलाले दुरागाउँ सामुदायिक होमस्टेका भिम बहादुर दुराको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिती गठन गरेका छन्।

समितिको सह-संयोजकमा राइनसकोट सामुदायिक होमस्टेका बिष्णु माया गुरुङ रहनु भएको छ । अन्य सदस्यहरुमा तुल वहादुर गुरुङ (भुजुङ्ग), बलराम गुरुङ (पसगाँउ), राजु गरूङ (घाम्राङ्ग), जीवराज घले (खासुर) र आसविर गुरूङ्ग (घले गाँउ ) रहनु भएको छ ।

होमस्टे एशोसिएसन नेपाल (होसान) गण्डकी प्रदेशका अध्यक्ष हरिलाल पौडेलले होसान जिल्ला कार्य समितीको महत्वपूर्ण भूमिका रहेको र आगामी दिनमा जिल्लाका संजाल मार्फत होमस्टेमा कहि कतै कमजोरी भेटिएमा सुर्धादै लैजानुपर्ने, पूर्वाधार विकासको लागि अनुदान कार्यक्रमको अनुगमन समेत गर्नु पर्ने साथै आवश्यक परेको ठाँउमा आफ्ना आवाज बुलन्द गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

होमस्टे एशोसिएसन जिल्ला संजाल गठनले आफूहरू सुचना तथा अनुभव आदान प्रदान लगायत कुरामा सहज हुने भन्दै संचालकमा आवद्व भएका छन ।

तपाईको प्रतिक्रिया