तनहुँमा होमस्टे अभिमुखीकरण तथा सम्झौता कार्यक्रम सम्पन्न

१२ मंसिर तनहुँ,  तनहुँ बन्दीपूर -४ विमल नगरको विमल नगर सामुदायिक होमस्टेमा होमस्टे अभिमुखीकरण तथा सम्झौता कार्यक्रम आज सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको होमस्टेमा पूर्वाधार विकास कार्यक्रम (२०७६/ ७७ ) मा छनौटमा परेका ११७ वटा होमस्टे मध्ये २७ वटा सामुदायिक होमस्टेका प्रतिनिधि र पर्यटन कार्यालयका प्रमुख पूरन गिरी द्धारा सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरिएको हो । प्रति होमस्टे रू १० ,००,००० (दश लाख) का दरले अनुमानीत लागत २०७७ मंसिर १५ मा शुरु गरि २०७८ असार ३० मा सम्पन्न गर्नुपर्ने कुरा सम्झौता पत्रमा उल्लेख छ ।

पर्यटन कार्यालय पोखराका प्रमुख पूरन गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्‌घाटन संगै अनुदान कार्यक्रमको स-विस्तार जानकारी भएको थियो ।  होमस्टे एसोसिएसनमा नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरिलाल पौडेलले होमस्टेमा अनुदान कार्यक्रमले निरन्तरता  पाउनुको पछाडी होमस्टे संचालकहरुको इमान्दारीता हुनु पर्नेमा जोड दिनुभएको थियो । साथै गण्डकी प्रदेशका सरकारका मुख्य मन्त्री पृथ्वी सुब्वा गुरुङ र पर्यटन मन्त्री माननिय विकास लम्सालको ग्रामिण पर्यटन प्रतिको सकरात्मक सोचको महत्वपूर्ण भूमिका रहेको वताउनु भयो । मनाङ्गका २ वटा लम्‌जुङ्गका १० वटा र गोरखाका १५ गरि २७ वटा होमस्टेहरूको उपस्थिती रहेको उक्त कार्यक्रममा उपस्थित होमस्टेहरू मध्य २१ वटा होमस्टे आफूहरूको छाता संगठन होमस्टे एसोसिएसनमा आवद्ध भएका छन्‌।

उक्त कार्यक्रमको संचालन पर्यटन मन्त्रालय पर्यटन महाशाखाका जगन्निवास भण्डारीले गर्नु भएको थियो । त्यस्तै आजै स्याङ्जाको सुन्तलावारि सामुदायिक होमस्टेमा पर्बतका ५ र स्याङ्जाका १५ गरि २० वटा होमस्टेहरूसँग परि सम्झौता कार्य सम्पन्न भएको छ ।

वाँकी रहेका होमस्टे सँगको संम्झौता कार्यक्रम १३ गते तनहुँको विमल नगर सामुदायिक होमस्टे र बागलुङ्गको अतिथि सत्कार होमस्टेमा संचालन हुँदैछ ।

तपाईको प्रतिक्रिया