होमस्टे अभिमुखीकरण तथा सम्झौता कार्यक्रम सम्पन्न

११ मंसिर पोखरा, पोखरा – २८ को पचभैया होमस्टेमा होमस्टे अभिमुखीकरण तथा सम्झौता कार्यक्रम आज सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको होमस्टेमा पूर्वाधार विकास (२०७६/ ७७ ) कार्यक्रममा छनौटमा परेका ११७ वटा होमस्टे मध्य २० वटा सामुदायिक होमस्टेका प्रतिनिधी र पर्यटन कार्यलयका प्रमुख पूरन  गिरी द्धारा सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौंता गरिएको हो । प्रति होमस्टे रू १० ,००,००० (दश लाख) का दरले अनुमानीत अनुसार २०७७ /०८/१५ मा शुरु गरि २०७८/० १ / ३० मा सम्पन्न गर्नु पर्ने कुरा सम्झौता पत्रमा उल्लेख छ ।

पर्यटन मन्त्रालय को पर्यटन महाशाखा पोखराका प्रमुख डिल्ली प्रसाद रिजालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्‌घाटन गर्दै उहाँले होमस्टे. होमस्टे मर्म अनुसार चल्नु पर्ने र अनुदान रकम तोकिएकै काममा शत प्रतिशत प्रयोग हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । होमस्टे एसोसिएसन नेपाल गण्डकीका अध्यक्षले होमस्टेमा अनुदान कार्यक्रम निरन्तर रहने नरहने होमस्टे संचालकहरुको इमान्दारीता भरपर्ने र होमस्टे कर्मीहरू आफ्नो हक हितको लागी लागी एसोसिएसनमा आबद्ध हुनु पर्नेमा जोड दिनुभएको थियो ।

यही कार्यक्रममा उपस्थित २० होमस्टे मध्ये १६ होमस्टे आफूहरूको छाता संगठन होमस्टे एसोसिएसनमा आवद्ध भएका छन्‌। होसान कन्द्रीय सदस्य चुडामणी पौडेलले पनि शुभकामना मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन पर्यटन मन्त्रालयका जग निवास भण्डारीले गर्नु भएको थियो । वाँकी रहेका होमस्टे सँगको संम्झौता कार्यक्रम मंशिर १२ र १३ गते तनहुँको विमल नगर सामुदायिक होमस्टे , स्याङ्जाको सुन्तलाबारी सामुदायिक होमस्टेमा १२ गते र बागलुङ्गको अतिथि सत्कार होमस्टेमा मंसिर १३ गते संचालन हुँदैछ ।

तपाईको प्रतिक्रिया