थप २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टी, २२ जनाको मृत्यु,

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप २२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा  गरिएको नमुना पिसिआर परिक्षणबाट २ हजार ७  सय ३६ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या १ लाख  ९९ हजार ७ सय ६० जना पुगेका छन्  भने १ हजार १ सय ४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट निको भएर  ८ सय ५३  जना घर फर्किएका छन् भने मंगलबार सम्ममा कुल १ लाख  ६० हजार ५ सय ७७ जना निको भएर घर फर्केका छन् ।

हालसम्म नेपालमा ३८ हजार ३५ जनामा सक्रिय सङ्क्रमण रहेको छ।

Published On:  105पटक हेरिएको

तपाईको प्रतिक्रिया