त्रि.वि.द्वारा ४ बर्षे स्नातक तह चौथो बर्षको परिक्षा तालिका सार्वजनिक

काठमाडौँ, त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालय, बल्खु द्वारा २०७७ सालमा संचालन हुने २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ बर्षे वि.एस्सी, वि.वि.एस र वि.एड चौथो बर्षका नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

कोरोना भाईरसका कारण सरकारले चैत्र ११ गते लक डाउन गरे संगै विभिन्न तहका परिक्षा प्रभावित भएका थिए ।

परिक्षा दिने समय: बिहान ८ बजे देखि ११ बजे सम्म  

४ वर्षे वी.एस्सी, चौथो बर्षको परिक्षा तालिका 

 वर्षे वी.वि.वि.एस, चौथो बर्षको परिक्षा तालिका 

४ वर्षे बि.एड. चौथो बर्सको परिक्षा तालिका 

आवेदन फारम भर्न छुटेको म्याद :

यसै कार्यक्रम अनुसार ४ बर्षे स्नातक तह चौथो बर्षको परिक्षा दिनुपर्ने केहि बिधार्थीहरुको परिक्षा आवेदन फारम भर्न छुटेको भन्ने बुझिन आएकोले त्यस्ता क्याम्पसहरुले यो सूचना प्रकाशित भएको मिति देखि दोब्बर दस्तुर सहित २०७७ मार्ग ८ गते सम्ममा परिक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७७ मार्ग १० गरे भित्र आवश्यक प्रक्रिया पुर्याई परिक्षा फारम सम्बन्धित परिक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

थप जानकारीका लागि: tu.exam.edu.np

 

Published On:  1955पटक हेरिएको

तपाईको प्रतिक्रिया