काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप १८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १०,१५३ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट २ हजार ९ सय ९ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या १ लाख ८८ हजार ८ सय ८३ जना पुगेका छन् भने १ हजार ७० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ४ हजार ५ सय जना घर फर्किएका छन् भने मंगलबार सम्ममा कुल १ लाख ५२ हजार ९ सय ८ जना निको भएर घर फर्केका छन् ।
हालसम्म नेपालमा ३४,९०५ जनामा सक्रिय सङ्क्रमण रहेको छ।