एकै दिन ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टी, १८ जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ३ हजार ५१ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप १८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना पिसिआर परिक्षणबाट ३ हजार ५१ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या १ लाख  ८५ हजार ९ सय ७४ जना पुगेका छन्  भने १ हजार ५२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ३ हजार ४ सय  ३० जना घर फर्किएका छन् भने मंगलबार सम्ममा कुल १ लाख  ४८ हजार ४ सय ८ जना निको भएर घर फर्केका छन् ।

अहिले सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार ५ सय १४ जना रहेका छन् ।

Published On:  112पटक हेरिएको

तपाईको प्रतिक्रिया