थप ३ हजार ३ सय ९ जनामा संक्रमण पुष्टी, एकै दिन ३० जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ३ हजार ३ सय ९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप ३० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १३ हजार १ सय ४४ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमित पुष्टी भएको छ। नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या १ लाख  ८३ हजार ९ सय २३ जना पुगेका छन्  भने १ हजार ३४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ३ हजार ८ सय  ४४ जना घर फर्किएका छन् भने मंगलबार सम्ममा कुल १ लाख  ४४ हजार ९ सय ७८ जना निको भएर घर फर्केका छन् ।

अहिले सक्रिय संक्रमितको सङ्ख्या  ३६  हजार ९ सय ११ जना रहेका छन् ।

 

तपाईको प्रतिक्रिया