थप ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टी, मृतकको संख्या हजार नाघ्यो

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ३ हजार १ सय १४ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप २० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १ सय १६ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट ३ हजार  १ सय १४ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या १ लाख  ७९ हजार ६ सय १४ जना पुगेका छन्  भने १ हजार  ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ३ हजार १ सय  १४ जना घर फर्किएका छन् भने मंगलबार सम्ममा कुल १ लाख  ४१ हजार १ सय ३४ जना निको भएर घर फर्केका छन् ।

अहिले सक्रिय संक्रमितको सङ्ख्या  ३७  हजार ४ सय ७६ जना रहेका छन् ।

Published On:  90पटक हेरिएको

तपाईको प्रतिक्रिया