थप ३ हजार ७ सय ९० जनामा संक्रमण पुष्टी, १८ जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ३ हजार ७ सय ९० जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ७ सय १४ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमित पुष्टी भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या १ लाख ३६ हजार ३६ जना पुगेका छन्  भने ७ सय ५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर २३ सय ३५ जना घर फर्किएका छन् भने शुक्रबार सम्ममा कुल  ९४ हजार ५ सय १ जना निको भएर घर फर्केका छन् ।

अहिले ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । २५ हजार ४६ जना होम आईसोलेशनमा रहका छन् भने १३ हजार ८ सय ५१ जना संस्थागत आईशोलेशनमा रहका छन् ।

तपाईको प्रतिक्रिया