थप २ हजार ५९ जनामा सक्रमण पुष्टी, संक्रमितको संख्या १ लाख नाघ्यो, मृतकको संख्या ६ सय पुग्यो

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर २ हजार ५९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप १० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २ सय ७९ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट २ हजार ५९ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या १ लाख  ६ सय ७६ जना पुगेका छन्  भने ६ सय  जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १६ सय ८० जना घर फर्किएका छन् भने बुधबार सम्ममा कुल ७३ हजार २३ जना निको भएर घर फर्केका छन् ।

अहिले सक्रिय संक्रमितको सङ्ख्या  २७  हजार ५३ जना रहेका छन् । १५ हजार ८ सय ७७ जना होम आईसोलेशनमा रहका छन् भने ११ हजार  ७१ जना संस्थागत आईशोलेशनमा रहका छन् ।

तपाईको प्रतिक्रिया