काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३४ सय ३९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप १५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४ हजार २ सय ९ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट ३४ सय ३९ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ९४ हजार २ सय ५३ जना पुगेका छन् भने ५ सय ७८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ११ सय २६ जना घर फर्किएका छन् भने बुधबार सम्ममा कुल ६८ हजार ६ सय ६८ जना निको भएर घर फर्केका छन् ।
अहिले सक्रिय संक्रमितको सङ्ख्या २५ हजार ७ जना रहेका छन् ।