काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १२ सय ७ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार १९ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट १२ सय ७ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । काठमाडौं उपत्यकामा ७२४ जना संक्रमित थपिएका छन्, जसमा काठमाडौंका ५८३, भक्तपुरका ६३ र ललितपुरका ७८ जना छन् ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ७१ हजार ८ सय २१ जना पुगेका छन् भने ४ सय ६७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ११ सय ४७ जना घर फर्किएका छन् भने आज सम्ममा कुल ५३ हजार १३ जना निको भएर घर फर्केका छन् ।
सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।