काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ३ सय ५६ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २ सय ६२ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट १ हजार ३ सय १३ जनामा कोरोना संक्रमित पुष्टी भएको छ ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ७० हजार ६ सय १४ जना पुगेका छन् भने ४ सय ५९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १४ सय ५३ जना घर फर्किएका छन् भने आज सम्ममा कुल ५१ हजार ८ सय ६६ जना निको भएर घर फर्केका छन् ।
अहिले १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् । १० हजार ५२ जना होम आईसोलेशनमा रहका छन् भने ८ हजार २ सय ३७ जना संस्थागत आईशोलेशनमा रहका छन् ।