एकै दिन १४ सय ९७ जनामा संक्रमण पुष्टी, १७ जनाको मृत्यु, निको हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १४ सय ९७ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ४ सय ४९ जनामा गरिएको नमुना पीसीआर परिक्षण बाट १४ सय ९७ जनामा कोरोना संक्रमित पुष्टी भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ६९ हजार ३ सय १ जना पुगेका छन्  भने ४ सय ५३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ४ सय ५७ जना घर फर्किएका छन् भने आज सम्ममा कुल ५० हजार ४ सय ११ जना निको भएर घर फर्केका छन् ।

अहिले १८ हजार ४  सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । ९  हजार ८  सय २३ जना होम आईसोलेशनमा रहका छन् भने ८ हजार ६ सय १४ जना संस्थागत आईशोलेशनमा रहका छन् ।

Published On:  243पटक हेरिएको

तपाईको प्रतिक्रिया