थप ११ सय ७२ जनामा संक्रमित पुष्टी, ७ जनाको मृत्यु

काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११ सय ७२ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ४ सय ४९ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट ११ सय ७२ जनामा कोरोना संक्रमित पुष्टी भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ६७ हजार ८ सय ४ जना पुगेका छन्  भने ४ सय ३६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १८ सय ९३  जना घर फर्किएका छन् भने आज सम्ममा कुल ४९ हजार ९ सय ५४ जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १८ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेका छन् । ९ हजार १ सय ८६  जना होम आईसोलेशनमा रहका छन् भने ८ हजार २ सय २८ जना संस्थागत आईशोलेशनमा रहका छन् ।

Published On:  215पटक हेरिएको

तपाईको प्रतिक्रिया