काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १३ सय ५६ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १ सय ५४ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट १३ सय ५६ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । काठमाडौं उपत्यकामा ६४७ जना संक्रमित थपिएका छन्, जसमा काठमाडौंका ५११, भक्तपुरका ६३ र ललितपुरका ७३ जना छन् ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ६६ हजार ६ सय ३२ जना पुगेका छन् भने ४ सय २९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ८ सय ३३ जना घर फर्किएका छन् भने आज सम्ममा कुल ४८ हजार ६८ जना निको भएर घर फर्केका छन् ।
अहिले सम्म १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । ८ हजार ६ सय ९० जना होम आईसोलेशनमा रहका छन् भने ८ हजार ९ सय २१ जना संस्थागत आईशोलेशनमा रहका छन् ।