एकै दिन १६ जनाको मृत्यु, थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टी, उपत्यकामा मात्रै ६७४

काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११  सय ५४ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५ सय ३३ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट ११ सय ५४ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । काठमाडौं उपत्यकामा ६७४ जना संक्रमित थपिएका छन्, जसमा काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जना छन् ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ६५ हजार २ सय ७६ जना पुगेका छन्  भने ४ सय २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ हजार ५ जना घर फर्किएका छन् भने आज सम्ममा कुल ४७ हजार २ सय ३८ जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित रहेका छन् | ८  हजार ६  सय ९० जना होम आईसोलेशनमा रहका छन् भने ८ हजार ९ सय २१ जना संस्थागत आईशोलेशनमा रहका छन् ।

तपाईको प्रतिक्रिया