काठमाडौं उपत्यकामा ७६७ सहित १३ सय २५ जनामा संक्रमण पुष्टी, १० जनाको मृत्यु

काठमाडौँ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १३ सय २५ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५ सय ८४ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट १३ सय २५ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । काठमाडौं उपत्यकामा ७६७ जना संक्रमित थपिएका छन्, जसमा काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना छन् ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ६४ हजार १ सय २२ जना पुगेका छन्  भने ४ सय ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ९ सय ६६ जना घर फर्किएका छन् भने आज सम्ममा कुल ४६ हजार २ सय ३३ जना निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया