काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार २ सय ४ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३ सय ३३ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट १ हजार २ सय ४ जनामा कोरोना संक्रमित पुष्टी भएको छ ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ६२ हजार ७ सय ९७ जना पुगेका छन् भने ४ सय १ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ हजार ४ सय ४४ जना घर फर्किएका छन् भने आज सम्ममा कुल ४५ हजार २ सय ६७ जना निको भएर घर फर्केका छन् ।
अहिले सम्म १७ हजार १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । ७ हजार ९ सय ४७ जना होम आईसोलेशनमा रहका छन् भने ९ हजार १ सय ५३ जना संस्थागत आईशोलेशनमा रहका छन् ।