थप १२ सय ४६ जनामा संक्रमण पुष्टी, ४ जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १२ सय ४६ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप ४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ सय ४६ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ५९ हजार ५  सय ७३ जना पुगेका छन्  भने ३ सय ८३   जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ हजार २ सय ४३ जना घर फर्किएका छन् भने बुधबार सम्ममा कुल ४२ हजार ९ सय ४९ जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् | ८ हजार ६ सय ३८ जना होम आईसोलेशनमा रहका छन् भने ७ हजार ६ सय ४१ जना संस्थागत आईशोलेशनमा रहका छन् ।

Published On:  128पटक हेरिएको

तपाईको प्रतिक्रिया