काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १५ सय ३९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप ८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४ सय ९४ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट १५ सय ३९ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ५८ हजार ३ सय २७ जना पुगेका छन् भने ३ सय ७९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ हजार ६८ जना घर फर्किएका छन् भने बुधबार सम्ममा कुल ४१ हजार ७ सय ६ जना निको भएर घर फर्केका छन् ।
अहिले सम्म १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् | ७ हजार ७ सय १ जना होम आईसोलेशनमा रहका छन् भने ८ हजार ५ सय ४१ जना संस्थागत आईशोलेशनमा रहका छन् ।