काठमाडौँ, नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ चार बर्षे कार्यकाल पुरा गरी सोमबार बिदाई भएका छन् । मंगलबार प्राधिकरणमा आयोजित एक बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङ बिदा भएका हुन्।
कार्यक्रममा बोल्दै कुलमान घिसिङले कुलमानले कसैले भनेको मान्दैन भनें छ, राम्रो कुरामा सहज रुममा मानेको छु, प्राधिकरणको हितका लागि केहि कुराहरुमा स्ट्यान्ड लिएको हो, कुन कुराले संस्थाको हित गर्दैन त्यो कुरामा स्ट्यान्ड लिएको हो ।
‘हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो । अहिले सानो बच्चालाई पनि थाहा भई सकेको छ । प्राधिकरणको इमेज बढेको छ ।
जनता तथा सरकारले उनलाई पुनः कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्ने चर्चा चलिरहेका बेला उनले एक जना व्यक्ति सधै रहिरहनुपर्छ भन्ने मान्यतामा म छैन भन्ने प्रस्ट परेका छन् । घिसिङ २०७३ भदौ २९ गते चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका हुन्।