बढ्दो कोरोना संक्रमण, एकैदिन १४ सय ५९ जनामा संक्रमण पुष्टी, ११ जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १४ सय ५९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप ११ जनाको मृत्यु भएको छ|

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार  ३ सय ७५ जनामा नमुना पिसिआर परिक्षणबाट १४ सय ५९ जनामा कोरोना संक्रमित पुष्टी भएको छ |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ५६ हजार ७  सय ८८ जना पुगेका छन् भने ३ सय ७१ जनाको मृत्यु भएको छ |

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ हजार ६२ जना घर फर्किएका छन् भने आजसम्म कुल ४० हजार ६ सय ३८ जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १५ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् | ७ हजार ६ सय ४० जना होम आईसोलेशनमा रहका छन् भने ८ हजार १ सय ३९ जना संस्थागत आईशोलेशनमा रहका छन् |

तपाईको प्रतिक्रिया