काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११ सय ७० जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप १५ जनाको मृत्यु भएको छ ।
१५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८ सय ७८ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट ११ सय ७० जनामा कोरोना संक्रमित पुष्टी भएको छ ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ५५ हजार ३ सय २९ जना पुगेका छन् भने ३ सय ६० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ८ सय ७९ जना घर फर्किएका छन् भने आज सम्ममा कुल ३९ हजार ५ सय ७६ जना निको भएर घर फर्केका छन् ।
अहिले सम्म १५ हजार ३ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् । ७ हजार २ सय ७५ जना होम आईसोलेशनमा रहका छन् भने ८ हजार १ सय ११ जना संस्थागत आईशोलेशनमा रहेका छन् ।